गुल्मी : गुल्मीदरबार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषण भएको छ।
शनिबार एक कार्यक्रमबीच प्रमुख अतिथि लुम्बिनी प्रदेशसभाका सदस्य धनेन्द्र कार्कीले पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषण गरेका हुन्।
घोषणासभालाई सम्बोधन गर्दै कार्कीले पालिकालाई घोषणामा मात्रै सीमित नराख्न आग्रह गरे। उनले मानवको स्वास्थ्यप्रति सबै गम्भीर हुनुपर्ने भन्दै प्रदेशका तर्फबाट आफू सदैव पालिकाको साथमा रहेको समेत बताए।
आफ्नो निर्वाचन क्षेत्र पनि भएको उल्लेख गर्दै कार्कीले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न र गुल्मीको सर्वपक्षीय विकासका लागि आफू सदैव गुल्मेलीको साथमा रहेको समेत उल्लेख गरे।
स्वास्थ्य क्षेत्रका सबै सूचक पूरा गरेर पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउपालिका घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिए। पालिकाभित्रका सातवटै वडामा रहेका स्वास्थ्य संस्थालाई घोषणा गर्दै पालिकालाई पनि घोषणा गर्न पाउनु खुसीको विषय भएको उनले बताए। बलिथुमबाट सुरु गरिएको कार्यक्रमले सार्थकता पाएको अर्यालले बताए।
गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै बलिथुमबाट सुरु भएको कार्यक्रमलाई यहाँसम्म ल्याउन पाउनु सुखद रहेको बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्री, निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख बोमबहादुर अर्याल लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्न खटिने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो।
प्रकाशित मिति : शनिबार, जेष्ठ ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्