नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाउने

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाउने

काठमाडौं ट्ठ-नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ।

 

पक्राउ परेका १६ जनासहित विभिन्न व्यक्तिसँग बयान तथा सोधपुछको आधारमा प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्षसहित अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो। प्रहरीले आरोपीसँग २६ करोड ८८ लाख बिगो कायम गरी मुद्दा दर्ता गर्नुपर्ने निष्कर्ष निकालेको छ। साथै आरोपीविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी तथा किर्तेमा मुद्दा दर्ता गरी हदैसम्मको कारबाहीको माग गर्ने तयारी गरेको छ। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले ५७ दिनदेखि अनुसन्धान गरिरहेको छ।

बुधबारभित्र अदालतमा अभियोग दर्ता गरिसक्नु पर्ने हदम्याद भएपछि सरकारी वकिलको कार्यालयले शनिबार पनि दुई आरोपीसँग बयान लिएको थियो। पछिल्लो पटक पक्राउ परेका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसँग बयान लिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यैपानेले जानकारी दिए।

नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् भने १४ जना फरार रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij