क्रिकेटर लामिछानेको मुद्दामा जाहेरीकर्ताको उमेर अस्पष्ट, अर्को पत्र ल्याउन आदेश

क्रिकेटर लामिछानेको मुद्दामा जाहेरीकर्ताको उमेर अस्पष्ट, अर्को पत्र ल्याउन आदेश

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ताको उमेर स्पष्ट नभएको बताएको छ।

 

न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले जाहेरीकर्ता गौशाला २६ को उमेर सम्बन्धमा अर्को पत्र ल्याउन आदेश भएको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। उनका अनुसार इजलासले गौशाला २६ को जन्मदर्ता रहेको नुवाकोटको एउटा वडाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ।

उक्त वडाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्बन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको हो।

साथै गौशाला २६ को जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएकाले स्थानीय तह र अस्पताल दुवै ठाउँबाट फेरि अर्को पत्र ल्याउन आदेश भएको प्रवक्ता दाहालले जानकारी दिए।

वडाको पत्र र अस्पतालका कागज दुवैले जाहेरीकर्ता नाबालिग नदेखिने स्पष्ट हुँदाहुँदै किचलो गर्न खोजिएको भन्दै सन्दीपका कानूनव्यवसायीहरू असन्तुष्ट बनेका छन्।

गत वर्षको भदौ २१ मा लामिछानेविरुद्ध जबरजस्ती करणीको अभियोगमा जाहेरी दर्ता भएको थियो। त्यसको एक महिनापछि पक्राउ परेका उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीसहित सशर्त रिहा गरेको थियो।

लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले फास्ट ट्रयाकबाट टुंग्याउन आदेश दिए पनि जिल्ला अदालतले नियमित प्रक्रियामा अघि बढाउँदा यसअघि २ पटकसम्म पेशी तोकिएर स्थगित भएको थियो।

एकपटक भने बहस सुरु भइसकेको मुद्दामा न्यायाधीशले हेर्दा हेर्दैमा राख्नुपर्नेमा अर्को तारिख दिएको थियो।

प्रकाशित मिति : आइतबार, जेष्ठ ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij