संसदीय समितिका बैठक आज बस्दै

संसदीय समितिका बैठक आज बस्दै

काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक मंगलबार बस्दैछ। बिहान ८ बजे बस्ने पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

 

 

अघिल्लो संसद् अधिवेशनको अन्तिम दिन संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन। यस्तै प्रतिनिधिसभा अन्तर्गतका तीनवटा र राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठक पनि बस्दैछ। प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजे शुरु हुनेछ।

समितिको बैठकमा आन्तरिक कार्यविधि बनाउने विषयमा छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिको ११ बजे बस्नेछ। समितिमा महिला तथा सामाजिक मामिला समितिको आन्तरिक कार्यविधिमाथि छलफल हुने कार्यसूची छ। यस्तै राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाति आयोगद्वारा गत वर्षमा गरिएका कार्यक्रम, विनियोजित बजेट, रकमान्तरको अवस्था साथै भावी दिनमा गरिने कार्यक्रम तथा प्रस्तावित बजेटको सम्बन्धमा छलफल हुने कार्यसूची छ।

बैठकमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी तथा जनजाति आयोगका पदाधिकारी पनि सहभागी हुनेछन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ।

बैठकमा समितिको प्रस्तावित कार्यविधिको सम्बन्धमा छलफल लगायत विविध विषयमा छलफल चल्ने एजेण्डा रहेको छ। विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बस्नेछ। नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धमा छलफल गर्ने बेठकका कार्यसूची छ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक ११ बजे डाकिएको छ। बैठकमा संविधानको धारा ३८ कार्यान्वयनको समस्या र चुनौती सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij