तीन दलको अवरोधपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित

तीन दलको अवरोधपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाण्डाै – नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक भोलि साेमवारसम्मका लागि स्थगित भएको छ ।

नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा विरोध जनाउँदै तीन दलले बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले आज आइतवार एक घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । तर दलहरूले सरकारले माफी नमागेसम्म बैठक चल्न नदिने अडान लिएपछि अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि पेस भएको बजेटमाथि आजदेखि संसद् बैठकमा छलफल हुने तालिका थियो तर दलहरूको बैठकले बजेट छलफल प्रभावित भएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij