काठमाडौं – सांसदहरुले गर्मीको सयमा छिनछिनमा लोडसेडिङ हुने गरेको भन्दै बिजुलीको नियमित आपूर्तिको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसदहरुले गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरेका छन् ।
सांसद धवलशमशेर राणाले नेपालगञ्ज क्षेत्रमा नेशनल ग्रिडलाई व्यवस्थित गरेर बत्ती नजाने व्यवस्था मिलाउन माग गरे ।
यसैगरी सांसद निर्मला कोइरालाले पनि गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरिन् ।
नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरु बत्ती नहुँदा गर्मीले छटपटाउनु परेको र पानीका स्रोतहरु सुकेर पानी पिउनसमेत नपाउने अवस्था रहेको भन्दै उनले ती समस्या समाधान गर्न ध्यानाकर्षण गराइन् ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्