बल्ल केरला आइपुग्यो मनसुन, नेपाल आइपुग्न कम्तीमा एकसाता लाग्ने

बल्ल केरला आइपुग्यो मनसुन, नेपाल आइपुग्न कम्तीमा एकसाता लाग्ने

काठमाडौं : नेपालमा यो वर्ष मनसुन भित्रिने अनुमानित दिन भनेर जुन १३ तोकिएको छ। अहिलेकै अवस्थालाई गणना गर्ने हो भने मनसुन शुरु हु्न करिब एक साता वा त्यसभन्दा बढी समय लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको अनुमान छ।

 

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, बंगालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा बिहीबार भारतको केरलामा आइपुगेको छ। त्यहाँबाट मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने विभागले जनाएको छ ।

‘केरला आएको मनसुनी न्यूनचापीय रेखा छिटो गरी आउँछ वा ढिला यात्रा गर्छ भन्ने अर्को मापदण्ड ‘पर्ख र हेर’कै अवस्था छ’, मौसमविद् सञ्वीव अधिकारीले भने। जुन १ तारिखमा केरला आइपुग्नुपर्ने सो रेखा एक साता ढिला आइपुगेकाले यस्तो अन्योल रहेको हो।

तथापि दुई दिन पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका पहाडी भेगमा हल्का खण्डवृष्टि हुने जानकारी अधिकारीले दिए। पूर्वतर्फ केही बादल बनेको छ भने पश्चिम पहाडी इलाकामा पनि बादल बन्ने क्रम जारी छ। धेरै ठूलो वर्षा नहुने भएकाले तापक्रम बढोत्तरीमा कमी आउने सम्भावना कमै छ।

 मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ। नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij