जाजरकोट र दाङमा डुबेर तीन बालकको मृत्यु

जाजरकोट र दाङमा डुबेर तीन बालकको मृत्यु

काठमाडौं : जाजरकोट र दाङमा तीन बालकको डुबेर मृत्यु भएको छ।

 

 

जाजरकोटको भेरी नगरपालिका–१३ का ८ वर्षीय पाण्डप बस्नेत र ९ वर्षीय प्रमोद बस्नेतको मृत्यु भएको हो। उनीहरू शुक्रबार खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेका हुन्। खाजा खाएर दिउँसो ३ बजे परिवारका सदस्यलाई समेत जानकारी नदिई पौडी खेल्न गएका थिए।

बेलुकी पोखरीमा बेहोश अवस्थामा भेटिएका दुबै जनालाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसी सन्तोष निरौलाले जानकारी दिए।

दाङको लमही नगरपालिका–४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरीको पनि डुबेर मृत्यु भएको छ। अत्यधिक गर्मी भएपछि घर नजिकैको पोखरीमा पौडी खेल्न गएका घुम्नाका १३ वर्षीय राहुल चौधरीको मृत्यु भएको हो।

साँझ घर नफर्किएपछि खोजी गर्दा पोखरीको दलदलमा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाहीले बताए। पौडी खेल्ने क्रममा दलदलमा फसी उनी बाहिर निसकेको डीएसपी शाहीले जानकारी दिए।

प्रकाशित मिति : शनिबार, जेष्ठ २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij