नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाण्डाै – नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको थुनछेक बहस सकिएको छ । काठमाण्डाै जिल्ला अदालतमा सरकारी वकिलहरूले जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो ।

हिजो बिहीवार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि आज शुक्रवार सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् । उनीहरूले अभियुक्ततर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् । सरकारी वकिलपछि जाहेरीवालातर्फका वकिलले जवाफी बहस गर्दै आफ्नो पक्षको जाहेरी कानुनसम्मत भएको र प्रमाण पुर्‍याउने भार सरकारी पक्षको भएको भन्दै अभियुक्तलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।

अभियुक्तहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे अदालतले आजै आदेश गर्ने भएको छ ।  प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा चलाएको छ । आरोपी ३० जनामध्ये १८ जना प्रहरी हिरासतमै छन् ।

प्रकाशित मिति : शुक्रबार, असार १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij