JanataToday.com

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिपको उद्घाटनमा आज नेपाल र कुवेत भिड्दै

साफ च्याम्पियनसिपको उद्घाटनमा आज नेपाल र कुवेत भिड्दै

काठमाडौं : १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतको बैङ्लुरुमा शुरु हुँदैछ।

भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा बुधबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ।  यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ।

साफका ६ र २ आमन्त्रित राष्ट्र गरि ८ टोली सहभागी छन्। साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै खेल्दै आएको नेपालको अहिलेसम्मको सफलता भनेको एक पटक उपविजेता बन्नु मात्र हो। गत संस्करण माल्दिभ्समा भारतसँग ३–० गोलले हारेको नेपाल साबिक उपविजेता हो। ​

मध्यपूर्वी राष्ट्र कुवेत वरियताका आधारमा नेपालभन्दा बलियो टोली हो। फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत ३१ स्थान माथि १४३ औं स्थानमा छ। १० पटक अरेवियन गल्फ कप जितेको कुवेतले १ पटक विश्वकप र १० पटक एसियन कप समेत खेलिसकेको छ।

नेपाल र कुवेतबीच अहिलेसम्म ९ खेल हुँदा नेपालले १ मात्र बराबरी गरेको छ भने बाँकी ८ खेल कुवेतले जितेको छ। २०१९ मा भएको मैत्रीपूर्ण खेलमा उसलाई गोलरहित बराबरीमा रोकेको नेपाल पछिल्लो पटक कुवेतसँग गत वर्ष एसिया कप छनोटको खेलमा भने ४–१ गोलले हारेको थियो।

यि दुईबीच पहिलो पटक सन् १९८२ एसिया कप छनोटमा भेट भएको थियो। जहाँ नेपाल ३–१ गोलले हारेको थियो । त्यस समय वाईबी घलेले गोल गरेका थिए भने त्यसको ४० वर्षपछि गत वर्ष एसिया कप छनोटमै दर्शन गुरुङले कुवेतविरुद्ध गोल गरे।  कुवेतविरुद्ध नेपालले अहिलेसम्म यही २ गोल मात्र गर्दा ३४ गोल खाएको छ।​

यस्तोमा नेपाललाई पहिलो खेलमा दबाबसँगै कुवेतविरुद्ध ऐतिहासिक जित निकाल्ने मौका पनि हुनेछ। नेपाल र कुवेतसँगै समूह ए मा आयोजक भारत र पाकिस्तानसमेत छन्। पाकिस्तान र भारतबीच राति पौने ८ बजे दोस्रो खेल हुनेछ।

प्रकाशित मिति : बुधबार, असार ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij