शान्ति समाज रुपन्देहीद्वारा लागू औषध दुर्ब्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम

शान्ति समाज रुपन्देहीद्वारा लागू औषध दुर्ब्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम

बुटवल-मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले लागू औषध दुर्ब्यसन बिरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा सचेतनामुलक कार्यक्रम गरेको छ । बुटवल ८ मा रहेको अक्सफोर्ड माध्यमिक बिद्यालयमा कक्षाा १० मा अध्ययनरत बिद्यार्थीहरुलाइ सहभागि गराएर कार्यक्रम गरिएको हो ।

उनीहरुलाइ शान्ति समाजका केन्द्रिय सल्लाहकार गोबिन्द खनालले सहजीकरण गर्नुभयो । सो अबसरमा बोल्दै खनालले लागू औषध दुर्ब्यसनले युवाहरूको जीवन मात्र नभइ समग्र राष्ट्र तथा विश्व मानव समुदायकै भबिष्य अन्धकार तर्फ डोर्याएको बताउनुभयो ।

उहाँले  बिश्वब्यापी रुपमा युवाहरु माझ कहालीलाग्दो गरि फुसको आगो जस्तै भित्र भित्रै फैलिरहेको उल्लेख गर्नुभयो । खनालले लागू औषध दुर्ब्यसनको डरलाग्दो भुमरिबाट मानव सभ्यतालाई बचाउन आज युवाबर्ग, अभिभावकबर्ग, बिद्यालय, कलेज, समुदाय, संस्था, राजनीति दल, सरकार, राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले साझा संकल्प गर्न अपरिहार्य भएको बताउनुभयो ।

समाजका रुपन्देही सभापति खिमप्रसाद भट्टराइ (कृष्ण )को अध्यक्षता तथा सचिव कृष्ण पाण्डेको स‌ंचालनमा भएको सो कार्यक्रममा अक्सफोर्ड माबिका प्राचार्य दिनेश भुसाल,शान्ति समाजका रुपन्देही उपसभापति कपिल ज्ञवाली,सहसचिव सीता पौडेल,सदस्य रत्ना कडेँल,केशब पाण्डे लगायतले बोलेका थिए । सो अवसरमा सहभागि सबैलाई समाजको अवधारणा पत्र समेत बितरण गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, असार ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij