काठमाण्डाै – सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । आज बिहीवार दिउँसो सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ काे तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएकाे हाे । पहिरो खसेपछि सडकमा गाडीकाे लामाे लाइन लागेकाे छ ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा सडक खण्ड एक घण्टा बन्द भएको थियो ।
बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् ।
प्रकाशित मिति : बिहिबार, असार १४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्