तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई अनुदान:बास्तविक किसान खुसी

तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई अनुदान:बास्तविक किसान खुसी

तिलोत्तमा-अनुदान शब्दका विषयमा चौतर्फी बिरोध र बिकृती फैलिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भने उत्पादनमा आधारीत अनुदान बितरण गर्न थालेपछी वास्तविक किसान खुसि छन् ।
उनीहरुले उत्पादन गरेको एक लिटर दुधमा एक रुपैया अनुदान पाउने भएपछि मुल्य बाहेकको अतिरिक्त मुल्य पाउने भएपछि किसानको हातमा पैसा पुग्ने निश्चित छ ।
दैनिक सय लिटर दुध संकलन गर्ने तिलोत्तमाका भूमिलाल पाण्डे अनुदान पाएपछि खुसि छन बास्तबिक मेहनत गर्ने किसानले उत्पादनमा आधारीत अनुदान ले प्रत्यक्ष लाभान्बित भएको उनको अनुभव छ । उनका अनुसार उत्पादनमा पनि बृद्धि भएको छ ।
पञ्चाअमृत दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक शोभाखर भण्डारीले गरीब किसानलाई समेत पुग्ने गरी नगरपालिकाले गरेको अनुदान व्यवस्था अत्यन्त प्रशंसनीय रहेको र अनुदान सुरु भए पश्चात नै पाएको बताए । ‘सबै किसानको पहुँच पुग्ने गरी अनुदान वितरण गरेर तिलोत्तमाले राम्रो थालनी गरेको छ,’ भण्डारीले भने, ‘अब भने दूधको अनुदान बढाउन पर्छ जसले गर्दा बास्तबिक किसान उत्साहित हुन्छन्।’
यसअघि अनुदान बिचौलीया ले खाने,अरुको फर्म देखाएर अनुदान खाने ,फर्म ,दर्ता प्रक्रियामा किसानको पँहुच पनि नपुग्ने का कारण ले यस अघिका कैयौ ठाँउमा अनुदान बिचौलियाका हातमा पुगेका धरै तथ्यहरु यसअघि सार्बजनिक भइरहेका बेला तिलोत्तमा नगरपालिका ले भने उत्पादनमा आधारीत अनुदान दिए पछि किसानहरु खुसि भएका हुन् ।यो किसान संग प्रत्यक्ष लाभ पुग्ने अनुदान हो ।
यो कार्यक्रम बाट यस आर्थिक वर्ष ३१ सय ३९ जना किसानले रु ४० लाख ५१ हजार ५ सउ ५६ रुपैया अनुदान पाएका छन् ।तिलोत्तमामा वाषिर्क करिब ५० लाख लिटर बढी दुध उत्पादन हुने गर्दछ । सहकारीले अनुदान रकमलाई किसानलाई भुक्तान गरी त्यसको भर्पाइ विवरण नगरपालिकालाई बुझाउनुपर्नेछ ।

यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाको विश्वास छ । ‘सहकारी संस्थाहरुको पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको आधारमा किसानलाई नगद अनुदान दिनेगरी व्यवस्था गरेका छौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण खनालले भने, ‘अनुदानले दूध उत्पादन बढाउन किसानलाई प्रोत्साहन मिल्ने छ ।’

उत्पादनका आधारमा अनुदान दिने निती अनुरुप यो वर्ष ४० लाख ५१ हजार ५ सय ५६ रुपैया किसनलाई उपलब्ध गराएको छ ।

किसान लाई प्रोत्साहन गर्न सहकारी मार्फत बिक्रि दुधको परिणाम अनुसार हरेक बर्ष अनुदान रकम प्रदान गर्दै आएको नगर प्रमुख रामकृष्ण खाँण ले बताए।यो अनुदान अघिल्लो आर्थिक वर्षमा पनि अनुदान रकम उपलब्ध गराइएको थियो। उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले यो नीति लिइएको बताउँदै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसानमुखी अन्य कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिइन्।
तिलोत्तमामा हाल २० वटा दुग्ध उत्पादक सहकारीहरु छन् । नगरपालिकाले आर्थिक वर्ष ०७५र७६ को दूध संकलन विवरणको आधारमा दूध उत्पादन अनुदान वितरण गरेको हो ।
यस्तैगरि आर्थिक वर्ष २०७६,७७ मा नगरपालिका ले २० सहकारीमा आबद्ध ३ हजार २ सय ५५ जना किसानलाई ४५ लाख ९८ हजार ८ सय एक्काइस रुपैया प्रदान गरेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७७ ,७८ मा २१ दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानलाई ४५ लाख ९८ हजार ८ सय एक्काइस रुपैया प्रदान गरेको थियो ।

यो अनुदानले स्वयम दुध उत्पादनका कृषी पसुपालनमा कृषकहरुको आकर्षण बढ्ने देखिन्छ ,दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो ।नगरपालिकाले उत्पादनमा बृद्धि गर्ने लक्ष सहित पहिलो उत्पादन यथावत र आगामी दिनमा पनि उत्पादन मा बृद्धि गर्नको लागी घाँसमा अनुदान ,औजारमा अनुदान लगायतका अनुदानको व्यबस्था गरिएको प्राविधीक राजु कँुवर ले बताए ।

प्रकाशित मिति : आइतबार, असार १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij