काँग्रेसले लुम्बिनी प्रदेश भेला भदौमा गर्ने

काँग्रेसले लुम्बिनी प्रदेश भेला भदौमा गर्ने

बुटवल

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले भदौमा प्रदेश सम्मेलन गर्ने भएको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश कमिटिको दाङको भालुवाङमा सम्पन्न बैठकले भदौमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले सम्मेलनको तयारी अगाडी बढाउने निर्णय गरेको छ ।

सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति सहित सम्मेलन प्रतिनिधिहरुको सहभागीता रहने काँग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले जानकारी दिए । बैठकले काँग्रेसको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारलाइ थप सशक्त र जनमुखी बनाउन जनभावना अनुरुपका कार्यक्रम निर्माण र परिचालनकालागि सरकार र पार्टीविच समन्वय गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै पार्टीको भातृ र सुवेच्छुक संस्थामा नियुक्त गर्दा सम्बन्धित तहका समितिको सिफारिसमा मात्रै जिम्मेबारी तोक्न वा नियुक्त गर्न केन्द्रिय कमिटिलाइ लुम्बिनी प्रदेश कमिटिले आग्रह पनि गरेको छ । प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतीहरुलाइ पार्टीको नीति र समसामयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरीएको छ । बैठकले बिभिन्न विभागहरलाइ पूर्णता दिदै ग्राउण्ड लेबलसम्म पार्टीको परिचालन संयन्त्रलाइ प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

 

प्रकाशित मिति : बिहिबार, असार २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij