आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैछ। मौद्रिक नीतिबारे छलफल गर्न केही बेरमा बस्नेगरी राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ।

 

 

सरकारले आर्थिक वर्ष २०८०/८१ का निम्ति बजेट सार्वजनिक गरेको डेढ महिना बितेपछि मौद्रिक नीति आउन लागेको हो। राष्ट्र बैंक व्यवस्थापनले मौद्रिक नीतिको खाका तयार गरेको भए पनि सञ्चालक समितिले आवश्यक थपघट गरेपछि मात्रै सार्वजनिक हुनेछ।

राष्ट्र बैंकले वैदेशिक मुद्राको सञ्चितिलाई असर नगर्ने, ब्याजदर नियन्त्रण गर्ने लगायतका उपायसहित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। विशेषगरी ब्याजदर नियन्त्रण र कर्जा लगानीमा उदार हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने निजी क्षेत्रको माग छ।

यता बैंक तथा वित्तीय संस्थाले भने निक्षेप गणनामा राष्ट्र बैंकले खुकुलो नीति ल्याउनुपर्ने अपेक्षा गरेका छन्।

 

प्रकाशित मिति : आइतबार, साउन ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij