काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा थप दुई चिकित्सक पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरोले थप दुई चिकित्सक पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता नवराज अधिकारीले काठमाडौंको इशान अस्पताल धापासीका चिकित्सक डा. श्रद्धा सिल्पकार र मोरङका मनिष चौधरी पक्राउ परेको जानकारी दिए। चौधरीले आफ्नै फार्मेसी सञ्चालन गरेका व्यक्ति हुन्।
उनले सिल्पकार र चौधरीलाई गएराति नै पक्राउ गरेको बताए। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या ७ पुगेको छ।
सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत कांग्रेसका सांसद डा सुनील शर्मा, डा रञ्जितकुमार यावद, डा अमृत चौधरी, डा रामबाबु यादव र डाक्टर एरिना यादवसहित ७ जना पक्राउ परेका हुन्।
प्रकाशित मिति : शुक्रबार, साउन २६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्