सुन प्रकरणमा छानविन समिति बनाउनुपर्छ : शेखर कोइराला

सुन प्रकरणमा छानविन समिति बनाउनुपर्छ : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन प्रकरणमा अनुसन्धान गर्नका लागि उच्चस्तरीय छानविन समितीि बनाउनुपर्ने बताएका छन्।

आइतबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै कोइरालाले सुन प्रकरणकाो अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताएका हुन्।

उनले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक रहेको बताए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै दुई सातादेखि संसद् अवरुद्ध पारिरहेको छ।

तर, सत्ता गठबन्धन र सरकार भने छानबिन समिति बनाउन तयार छैन। यसैबीचमा प्रतिपक्षी दलको मागको पक्षमा बोल्दै कोइरालाले संसदीय समिति गठनको आवश्यकता औँल्याएका छन्। नेता कोइरालाले भने एमालेकै लाइनमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा धारणा राखेका छन्।

प्रकाशित मिति : आइतबार, साउन २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij