भारतमा आज ७७ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । दिवस मनाउनका लागि राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ १० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गर्छ । दिवसको अवसरमा लाल किल्लामा हुने कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने तयारी छ ।
मोदी लगातार दशौँ पटक स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्ने प्रधानमन्त्री हुनुहुन्छ । हिजो पाकिस्तानले स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव मनाएको थियाे ।
प्रकाशित मिति : मंगलबार, साउन ३० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्