काठमाण्डाै
चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएकाे छ ।
मलेसियाको वायुमास ओभलमा आज मङ्गलवार भएकाे खेलमा हङकङले दिएकाे ८५ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायाे । नेपालका लागि सम्झना खड्काले नटआउट ३६ र पूजा महताेले १६ रन बनाइन् । बलिङतर्फ हङकङकी इक्रा सहर, मारिकाे हिल, मारयम बिबी र केरी चानले १/१ विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भयाे । हङकङका लागि केरी चानले ३४ र डाेराेथिया चानले १६ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिँदै ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले २ विकेट लिइन् ।
शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति : मंगलबार, भाद्र ५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्