देशभर भदौरे झरी, पर्सिदेखि मौसम खुल्ने सम्भावना

देशभर भदौरे झरी, पर्सिदेखि मौसम खुल्ने सम्भावना

काठमाण्डाै – देशभर झरी परेको छ । धेरै ठाउँमा अस्तिदेखि लगातार झरी परिरहेको छ । आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै, भोलि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर मनसुन सक्रिय भएको छ । यसले गर्दा लगातारजसो झरी परिरहेको छ । लगातारको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद् पौडेलका अनुसार पर्सि शनिवारदेखि भने मौसम खुल्ने सम्भावना छ, लगातार झरी पर्ने छैन । पानी परे पनि केहीबेर परेर रोकिने छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij