२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ६९ जना सांसद पनि उपस्थित भएनन्, बैठक स्थगित

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ६९ जना सांसद पनि उपस्थित भएनन्, बैठक स्थगित

काठमाण्डाै – गणपूरक सङ्ख्या नपुगेपछि आज मङ्गलवारका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सकिएको छ ।

आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस’ भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले याे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्नुभएपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै सांसदहरू सुमना श्रेष्ठ, दामोदर पौडेल बैरागी र ठाकुर गैरेले नियमापत्ति जनाउनुभएको थियो ।

सांसदहरूको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको सङ्ख्या यकिन गर्न निर्देशन दिनुभएको थियो । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका दुई सय ७५ सदस्यको एक चौथाइ (६९) हुनुपर्नेमा ५९ मात्रै पुगेपछि आजको बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते सोमवार दिउँसाे १ बजे बस्नेगरी स्थगित भएको हो ।

विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गएकाे वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको भन्दै कानुनमन्त्री गुरुङले यो विधेयक संसदमा दर्ता गराउनुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, भाद्र १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij