पाल्पामा स्कार्पियाे दुर्घटना ३ जना मृत्यु, ७ जना घाइते

पाल्पामा स्कार्पियाे दुर्घटना ३ जना मृत्यु, ७ जना घाइते

पाल्पा ।  पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

गुल्मीबाट बुटवलतर्फ जाँदै भाडाको स्कारपियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईले बताए। पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ।

प्रकाशित मिति : बुधबार, भाद्र १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij