पाल्पामा आज भगवती जात्रा

पाल्पामा आज भगवती जात्रा

पाल्पा : सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा बिहीबार रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिँदै छ।

 

 

२०३औँ संस्करणको रूपमा जात्रा निकाल्न लागिएको हो। विशेषगरी भगवती जात्राको रूपमा प्रचलित छ।

भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ। वि.सं.१८७१/७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।

भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुशीयालीमा विजयोत्सवसहित भगवती रथयात्रा निकाल्ने चलन छ।

जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजयी प्राप्त गरेपछि खुशीयालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै  सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए।

१८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो।

साइतअनुसार आज दिउँसो सवा १२ बजेदेखि साढे १२ बजेसम्म भगवतीको रथ उठाइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताए।

जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत  रथी सरोजप्रताप राणाको उपस्थिति रहने अध्यक्ष महर्जनले बताए।

५० हजारभन्दा बढी जात्राको अवलोकन गर्न आउने आयोजकको अनुमान छ। पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, रूपन्देही अर्घाखाँची, काठमाडौंलगायत ठाउँबाट दर्शनार्थी आउने उनले बताए।

भगवती जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले बिहीबार पाल्पामा सार्वजनिक विदा दिएको छ।

 

प्रकाशित मिति : बिहिबार, भाद्र २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij