सियारीमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम, निशुल्क रगत देखि मोतियाबिन्दुका बिरामीलाई अपरेसन

सियारीमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम, निशुल्क रगत देखि मोतियाबिन्दुका बिरामीलाई अपरेसन

भैरहवा – रुपन्देहीको सियारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको छ । पालिकाले गएको एक बर्षमा जनताले महशुष गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरेको तथ्याङकले देखाएको छ ।
पालिकाले सियारी गाउँपालिका भित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण जेष्ठ नागरिक, अशक्त र अपाङ्ग‘ (क र ख) परिचय पत्र बाहकलाई प्रत्येक चौमासिक रुपमा घर घरमा पुगेर स्वास्य सेवा प्रदान गरेको छ । हाल सम्म १ हजार ५ सय जना नागरिकलाई निशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिएको पालिकाले जनाएको छ ।
सियारी गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण नागरिकहरूलाई उपचारका लागि रगत तथा रगतजन्य वस्तुलाई निशुल्क बनाएको छ । पैसाको अभावमा कसैले पनि रगत नपाएर अकालमा ज्यान गुमाउन नपरोस भनेर नेपाल रेडक्रस सोसाइटी, रूपन्देहीसँग समन्वय गरी निशुल्क रुपमा रगत पाउने प्रक्रियालाई प्रभावकारी रुपमा अगाडि बढाईएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनका अनुसार गत बर्ष २ सय ३९ जनालाई निःशुल्क रगत उपलब्ध गरिएको छ ।
अध्यक्ष घिमिरेले आम नागरिक स्वस्थ भएमात्र समाज र राष्ट्र स्वस्थ हुने भन्दै स्वास्थ्य क्षेत्रमा थुप्रै जनतामैत्री कार्यक्रम लागु गरिएको बताए ।
गाउँपालिकाले गत बर्ष गाउँपालिका भित्रका ९ हजार ६ सय ७७ जना सुत्केरीहरूलाई सुत्केरी पोषण सामग्री र पोषण खर्च निःशुल्क रुपमा सेवा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिईन ।
उनका अनुसार गाउँपालिका भित्रका सम्पूर्ण गर्भवती महिलाका लागि फोलिक एसिड र क्याल्सियम चक्की निःशुल्क वितरण गरिएको छ ।
त्यसैगरी सियारी गाउँपालिका भित्रका गर्भवतीहरूका लागि ग्रामीण अल्ट्रासाउण्ड सेवा मार्पत निःशुल्क भिडियो एक्स रे सेवा सुचारु समेत गरिएको छ ।
त्यस्तै गाउँपालिका भित्रका गर्भवती, सुत्केरी, नवशिशु, जेष्ठ नागरिक, अशक्त र अपाङ्ग‘ (क र ख) लाई निःशुल्क एम्बुलेन्स सेवा र ल्याब सेवा सञ्चालन गरिएको छ । उक्त सेवाबाट हालसम्म धरै जनाले लाभ लिएको स्वास्थ्य शाखाले जनाएको छ ।
गत बर्ष ९ सय ३४ जना मोतियाबिन्दुका बिरामीले निःशुल्क अप्रेशन सेवा लिएका छन् । पालिकाले श्री रण अम्बिका शाह आखा अस्पतालको सहकार्यमा मोतियाबिन्दुका बिरामीको निःशुल्क अप्रेशन सेवा सञ्चालन गरिएको गाउँपालिकाका सुचना अधिकृत माधव खनालले जानकारी दिए ।
उनले उक्त कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको बताए । आर्थिक बर्ष २०८०÷०८१ को लागि श्री रणआम्बिका शाह आखाँ आस्पताल, भैरहवासंग सम्झौता गरि आस्पतालको सहकार्यमा सियारी गाउँपालिका भित्रका सम्पूर्ण मोतियाबिन्दुका बिरामीलाई निःशुल्क अप्रेशन सेवा सञ्चालन गरिएको छ ।
सियारी गाउँपालिका भित्रका सम्पूर्ण ५ वर्षमुनिका बालबालिकाहरूको नियमित रूपमा तौल अनुगमन र आमा समूहको बैठक सञ्चालनको लागि बजेट बिनियोजन गरिएको छ ।
सियारी गाउँपालिकाले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवासगंै मानसिक स्वास्थ्य सेवा सञ्चालनको सुरूवात, औषधी व्यवस्थापन र स्वास्थ्यकर्मीलाई तालिम पश्चात सेवा सुरू गरी ९ सय ३९ जना बिरामीलाई निःशुल्क सेवा सञ्चालन गरिएको छ ।
त्सैगरी सियारी गाउँपालिका भित्रका ९ सय ७० जना महिला स्वास्थ्य स्यवंसेविकालाई मासिक भत्ता, यातायात खर्च र स्वास्थ्य बिमा सेवा प्रदान गरिएको पालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij