७० वर्ष पुरा भएका नागरिकलाई स्वास्थ्य शिविरमा स्वागत गरि जेष्ठ नागरिक मिलन केन्द्रको संचालनको घोषणा

७० वर्ष पुरा भएका नागरिकलाई स्वास्थ्य शिविरमा स्वागत गरि जेष्ठ नागरिक मिलन केन्द्रको संचालनको घोषणा

बुटवल-रुपन्देहीको तिलोत्तमा ४ मा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिवार देखि सञ्चालन हुने भएको छ । शनिवार हुने जेष्ठ नागरिक मिलन केन्द्रको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन हुंदै छ । उक्त साधारण सभा तथा अधिवेशनको शुभ अवसरमा जेष्ठ नागरिक मिलन केन्द्रको शुभारम्भ गरिने भएको हो ।
साधारण सभा तथा अधिवेशनको अवसरमा २५ जना जेष्ठ नागरिकलाई स्वास्थ्य शिविरमा स्वागत गरि जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याईने केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले जानकारी गराउनु भयो । अधिवेशनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष पाण्डेले हाल ५० जना जेष्ठ नागरिकलाइ संरक्षण गर्न सकिने र भविष्यमा १ सय जना जेष्ठ नागरिकलाई संरक्षण दिने उद्देश्य रहेको बताउनु भयो । गुल्मेली सम्र्पक समाजले स्थापना गरेको श्रृङेश्वर धाम परिसरमा जेष्ठ नागरिकलाई बृद्ध मन्टेश्वरीका रुपमा संरक्षण गर्नका लागि भवन निर्माण गरिएको छ । ७० वर्ष उमेर पुगेका तिलोत्तमा र बुटवल नगरपालिका भित्रका जेष्ठ नागरिकलाई मात्र प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष जेष्ठ नागरिकलाई राख्नका लागि भवन निर्माण गरिएपनि अहिलेसम्म २० जना जेष्ठ नागरिकले आफ्नो नाम दर्ता गरी सम्पर्कमा आउनुभएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि ५ करोडको अक्ष्यकोष बनाउने लक्ष्य भएपनि अहिलेसम्म अक्ष्यकोषमा जम्मा १२ लाख ५० हजार संकलन भएको छ । जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि मासिक ४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
सोही अवसरमा मिलन केन्द्रले जेष्ठ नागरिकलाई लक्षीत गरी निशुल्क बृहत्त स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । देवदह मेडिकल कलेजको प्राविधिक सहयोग जेष्ठनागरिक मिलन केन्द्र र रोटरी क्लव अफ बुटवलको आयोजनामा शनिवार विहान हुने स्वास्थ्य शिविरमा छाला, प्रस्तुती तथा स्त्रीरोग, एसजी ,औषधी विज्ञान लगायतका विशेषज्ञवाट सेवा प्रदान गरिने डाक्टर हिरालाल धामीले बताउनु भयो । सोही समारोहमा जेष्ठ नागरिक मिलन केन्द्रका सोचकर्ता स्वर्गीय खेम पुनको सम्झनामा धाम परिसरमा निमार्ण गरिएको शालिकको पनि अनावरण गर्ने कार्यक्रम तय भएको छ । समारोहमा प्रतिनिधी सभाकी उपसभामुख ईन्दीरा राना मगरको प्रमुख आतिथ्यता रहने भएको छ । जेष्ठ नागरिक मिलन केन्द्रमा १ लाख ११ हजार १ सय ११ रुपैया तिरेर १सय १ जना आजिवनसदस्य र २३ जना संस्थापक सदस्य बनिसक्नु भएको छ ।

 

 

 

प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij