कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन

कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन

काठमाण्डाै – नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारीका लागि समिति गठन गरेको हो ।

कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिनुभयो । यस्तै महामन्त्री गगनकुमार थापाको नेतृत्वमा साङ्गठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ ।

नेता विश्वकर्माले महासमिति बैठकका लागि आवश्यकताअनुसार थप समिति बनाउने अधिकार सभापतिले आज साेमवारकाे बैठकमा दिएको जानकारी दिनुभयो ।

आउँदाे मङ्सिर १३, १४ र १५ गतेका लागि कांग्रेस महासमितिको बैठक तय भएको छ ।

प्रकाशित मिति : मंगलबार, असोज ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij