काठमाण्डाै – एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बुधवार देव खनालकाे कप्तानीमा टाेली घाेषणा गरेकाे हाे ।
अक्टाेबर १२ देखि २४ सम्म मलेसियामा हुने प्रतियाेगिताकाे शीर्ष ३ वटा टाेलीले आउँदाे डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछ ।
नेपाल समूह ‘ए’ मा छ । याे समूहमा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार र चीन छन् । समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् । समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।
यस्ताे छ नेपालकाे टाेली–
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।
वैकल्पिक खेलाडी–
प्रज्ज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।
प्रकाशित मिति : बुधबार, असोज १७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्