काठमाण्डौ – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आव्हान गर्नुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर सरकार गठनको आव्हान गर्नुभएको हो ।
यो प्रदेश सभामा सरकार गठनको अन्तिम संबैधानिक विकल्प हो । यो व्यवस्था अनुसार र प्रदेश सभामा बहुमत जुटाउन सक्ने सांसदले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सक्नेछन् । बहुमत जुटाउने सांसदले आउँदो शुक्रवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्नुपर्नेछ ।
कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । गठबन्धनसँग स्पष्ट बहुमत छ । एमालेका ४० सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन् । यसअघि राप्रपाले एमालेलाई समर्थन गरेको थियो ।

प्रकाशित मिति : शनिबार, असोज २० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्