काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
शुक्रबार दिउँसो ३ बजे आफ्नै निवास धुम्बाराहीमा देउवाले कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तयारी छ। कोशी प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय भए पनि शेखर कोइराला पक्षले एमालेसँग मिलेर केदार कार्कीको दाबी पेस गरेको छ।
प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्