JanataToday.com

Advertisment

SKIP THIS

नेपालले २० महिनापछि यूएईसँग टी-२० आई खेल्दै

नेपालले २० महिनापछि यूएईसँग टी-२० आई खेल्दै

बुटवल – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि घरेलु मैदानमा टी–२० त्रिकोणात्मक श्रृंखला खेल्दैछ । टी–२० विश्वकपअघि तयारीका रुपमा नेपालले यो श्रृंखला खेल्न लागेको हो । पहिलो खेलअन्तर्गत नेपालले आज नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ । यो खेल मुलपानी मैदान दिउँसो १ बजे शुरू हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिकोणात्मक श्रृखंलाको फाइनल कीर्तिपुरस्थित त्रिवि मैदानमा र बाँकी खेल मुलपानी मैदानमा हुनेछन् । यस श्रृंखलामा सन्दीप लामिछाने भने हुनेछैनन् । सन्दीप टी–२० क्रिकेटका लागि अनुभवी मानिन्छन् । उनीसँग इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत विश्वभरका प्रायः सबै फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

यसर्थ सन्दीप नहुँदा नेपालको खेलमा असर पर्ने तथा टोलीलाई उनको अभाव खड्किने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, ‘सन्दीप नहुँदा नेपालको खेलमा असर पर्छ नै । उहाँ कठिन समयबाट गुज्रिरहनुभएको छ । त्यसमा म धैरै जान चाहन्न ।’

सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएकी छन् । यो मुद्दा अदालतमा विचाराधीन छ । पटक–पटक पेशी स्थगित हुँदा सन्दीपले दुःखी हुँदै राष्ट्रिय टोलीबाट केही समयलाई विश्राम लिने घोषणा गरेका हुन् । नेपालले कात्तिक २ र ४ गते हङकङसँग र कात्तिक ६ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ । हङकङ र यूएईले कात्तिक ५ र ८ गते एकअर्काको सामना गर्नेछन् ।

अंक तालिकाको शीर्षमा रहने दुई टोलीले उपाधिका लागि कात्तिक १० गते प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : बुधबार, कार्तिक १ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij