सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले भने : ‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरोधी गतिविधिप्रति सचेत बनौं’

सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले भने : ‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरोधी गतिविधिप्रति सचेत बनौं’

काठमाडौँ,
KOप्रधानमन्त्री पुष्पकमल दाहालले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्धका गतिविधिलाई लिएर सचेत हुनुपर्ने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो बसेको सर्वदलीय बैठकमा उनलेे त्यसप्रति सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरूको बैठकमा ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलका नेताहरूको बैठकमा प्रधानमन्त्रीले उक्त विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका हुन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थाविरुद्ध भइरहेका गतिविधिलाई सरकारले नियनमन र नियन्त्रण किन नगरेको भनेर प्रश्न गरेका थिए । बैठकमा व्यवस्थामाथि खतरा उत्पन्न भएको हो ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरिएको ती नेताले जानकारी दिए । जवाफमा प्रधानमन्त्री दाहालले खतरा उत्पन्न नभएको बताएका थिए ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरू सहभागी थिए ।

त्यस्तै, माओवादी केन्द्रबाट पम्फा भुसाल, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल सहभागी थिए । लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री तथा नेता शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए भने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेताहरू बैठकमा सहभागी थिए ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij