पदभार ग्रहण गर्दै लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष वझाले स्वास्थ्यकर्मी र कर्मचारीलाई भने – तपाइँहरु साथ दिनु जस्तोसुकै चुनौतीको पनि मतलब गर्दिन

पदभार ग्रहण गर्दै लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष वझाले स्वास्थ्यकर्मी र कर्मचारीलाई भने – तपाइँहरु साथ दिनु जस्तोसुकै चुनौतीको पनि मतलब गर्दिन

बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका नवनियुक्त अध्यक्ष जीवनप्रसाद वझाले बुधबार पदभारण ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष वझाले स्वास्थ्यकर्मी र कर्मचारीको साथ पाए जस्तोसुकै चुनौतीको पनि मतलब नगरी काम नगर्ने उल्लेख गरे। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा सम्पूर्ण परिवारको सहयोग र साथमा आफू अघि बढ्ने बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका जनताको भविष्यसँगै जोडिएकाले सोही अनुसार अघि बढ्ने प्रतिवद्धता गरे । अस्पताललाई बुटवलबासीको ठूलो गँहनाको रुपमा बिकास गर्न आफ्नो पहल रहने उनले बताए । अस्पतालमा आउने सेवाग्राहीलाई अपनत्व महशुस हुनेगरी व्यवहार गर्न सुझाब दिँदै उनले सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आ-आफ्नो ठाउँमा जिम्मेवार भएर लाग्न निर्देशन गरे । यसैगरी अस्पतालमा रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज र व्यवस्थित बनाउने गरि अघि बढ्ने बताए । आवश्यक जनशक्ति थप गर्ने तथा प्रविधिको व्यवस्थामा आफ्नो प्राथमिकता रहने बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्यको हब बनाउनेगरी सहकार्य गर्न आवश्यक रहेको बताए । अस्पतालको बिकाससँग बुटवलको भविष्य जोडिएको उल्लेख गर्दै उनले यहाँ सबै सामाजिक संघ-संस्था तथा राजनीतिक दलहरु एक भएर लाग्नु पर्नेमा जोड दिए । यसैगरी अस्पतालको भवन निर्माणको काम सर्वोच्चमा परेको मुद्दासँगै रोकिएकाले सहकार्यबाटै त्यसलाई फिर्ता गरेर अघि बढ्नु पर्ने बताए । उनले अस्पताललाई नर्सिङ कलेजको रुपमा बिकास गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे। यसो गर्दा ६०० जना बिपन्न बर्गका ब्यक्तिहरुलाई अध्ययनमा सहयोग पूग्ने बताए। बुटवल उद्योग वाणीज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सेवाग्राहीले महशुस गर्न सक्नेगरि सामान्य तर महत्वपूर्ण कामहरुको सुधारसँगै अघि बढ्न सुझाब दिए । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले अध्यक्ष वझालाई स्वागत गर्दै अब नयाँ ढङ्गले अघि बढ्न अस्पताल परिवारलाई थप उर्जा प्राप्त भएको उल्लेख गरे । अस्पतालमा बिकासका लागि एक भएर अघि बढ्न प्रतिवद्ध भएको उल्लेख गर्दै थापाले जनशक्ति व्यवस्थापन, भौतिक संरचनाको व्यवस्था लगायतका समस्या बारे जानकारी गराए ।  कार्यक्रम अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालन तथा  नर्सिङ प्रमुख ज्योति पौडेलको स्वागत सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बुधबार, मंसिर ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij