काठमाण्डाै – नेपाल सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज बिहीवार एक विज्ञप्ति निकालेर मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि भएकाे सहमतिकाे स्वागत गरेको हो ।
कतार, अमेरिका र इजिप्टको कुटनीतिक प्रयासमा भएको सहमतिको नेपालले सराहना गरेको छ । सरकारले नेपाली विद्यार्थी विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग पुनः आह्वान पनि गरेको छ ।
हिजाे बुधवार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्