क्यानडाको राजदूतमा सिफारिस पौड्यालकाे नाम सुनुवाइ समितिबाट अनुमोदन

क्यानडाको राजदूतमा सिफारिस पौड्यालकाे नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाण्डाै – संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पाैड्यालको नाम अनुमोदन गरेको छ । आज आइतवार बसेको समितिको बैठकले पौडेलसँगको छलफल र सुनुवाइपछि नाम अनुमोदन गरेको हो ।

यसअघि क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालविरुद्ध पदीय दुरुपयोगको उजुरी परेको थियो । पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएर स्विट्जरल्यान्ड पठाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको थियो । सरकारी कर्मचारी जानुपर्ने कोटामा छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएको उजुरीमा उल्लेख छ ।

स्विट्जरल्यान्ड सरकारले खान बस्नका लागि मासिक छ लाख रुपैयाँ दिने भए पनि छोरीलाई दूतावासको सरकारी आवास गृहमा राखेर राज्यकोषमा भार पारेको समेत उजुरीकर्ताले आरोप लगाएका थिए । तर सुनुवाइ समितिमा पौड्यालले आरोपकाे खण्डन गर्नुभएको थियो ।

मन्त्रिपरिषद्को बैठकले गएको कात्तिक ३ गते परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर १० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij