‘काेप–२८’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधवार यूएई जाने

‘काेप–२८’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधवार यूएई जाने

काठमाण्डाै – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन ‘कोप–२८’ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पर्सि बुधवार यूएईको दुबई जानुहुने भएको छ ।

सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड दुबई जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोप–२८ मङ्सिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरू छन् । प्रधानमन्त्री प्रचण्डले १६ गते शनिवार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । १६ गते नै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूको एजेन्डा उठाउन ‘हिमालको पुकार : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउने छ ?’ भन्ने शीर्षकमा कार्यक्रम आयोजना गर्नु हुनेछ ।

सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले अन्य भेटवार्ताहरू पनि गर्नुहुने छ ।

प्रकाशित मिति : सोमबार, मंसिर ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij