बुटवल-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र संकटमा नरहेको प्रस्ट पारेका छन्। बुटवलमा शनिबारबाट सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले राजाको शासनमा भन्दा लोकतान्तिक गणतन्त्रमा धेरै उपलब्धि भएको दाबी गरे।महामन्त्री विश्वप्रकास शर्माले अहिलेको विकासको मोडललाई परिवर्तन गर्न सकिएन भने देशको अवस्था परिवर्तन हुन नसक्ने बताए । उनले सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने चाहना त्याग्नु पर्ने भन्दै कांग्रेसले नेतृत्व गर्ने अवसर आए अर्को आशालाग्दो व्यक्तिलाई अगाडि सार्नुपर्ने बताए। पुरानो व्यवस्था आए कायापलट हुन्छ भन्ने भ्रमहरु छर्न थालिएको भन्दै लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने महामन्त्री शर्माको भनाइ छ ।
प्रकाशित मिति : शनिबार, मंसिर १६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्