इन्द्रज्योती विश्वकर्मा कल्याण समाजले बाड्यो ४१ जनालाई छात्रवृत्ति

इन्द्रज्योती विश्वकर्मा कल्याण समाजले बाड्यो ४१ जनालाई छात्रवृत्ति

बुटवल-समाजमा विभेदमा परेको समुदायलाई सहयोग र सेवा दिने लक्ष्यसहित स्थापित इन्द्रज्योती  विश्वकर्मा कल्याण समाज बुटवलले बुटवल उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययरत दलित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदामन गरेको छ ।
स्वर्गीय ईन्द्रमति विश्वकर्माको तेस्रो पुण्य तिथिको अवसरमा सोमवार बुटवलमा आयोजित एक कार्यक्रममा समाजका संरक्षक ज्योतिलाल बिश्वकर्मा, बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले २२ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययरत ४१ जना दलित बालबालिकाहरुलाई जनहि ५ हजार रुपैयाका दरले छात्रवृति प्रदान गरिएको थियो ।


स्याङ्जा कालिगण्डकी गाउपालिका वडा नं. ६ पुरानो घर भै बुटवलमा बस्दै आएको विश्वकर्मा परिवारकि सदस्य इन्द्रमति विश्वकर्माको २०७७ सालमा निधन भएपछि उहाको स्मृतिमा स्थापना गरिएको कल्याण समाजले समाजिक क्षेत्रमा काम गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यसै क्रममा बुटवल उपमहानगरपालिका क्षेत्रका सामुदायीक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई छात्रवृति वितरण गरिएको हो । छात्रवृत्ति बुटवल उपमहानगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयबाट तथ्याक संकलन गरि गरिएको जनाइएको छ ।


सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवि अर्यालले समाजले गरिव तथा जेहेन्दार दलित विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेकोमा आभार व्यक्र गर्दै त्यसले समाजमा विभेद विरुद्धको आन्दोलनमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। उहाले स्थानिय सरकार सधै सामाजिक संघसंस्थासंग सहकार्य गर्न तयार रहेको बताउदै समुदायमा छुवाछुतका रुमा विसंगति र विकृतिले जरो गाडेर बसेको छ त्यसलाई सबै मिलेर तोड्नु पर्ने धारणा राख्नु भयो ।आउँदो दिनमा दलित मात्र नभई सबै जाती लाई समेटेर अवस्था अनुसार प्रदान गर्दा अझै राम्रो हुने बताए ।


त्यस अवसरमा  समाजका अध्यक्ष दिपक विश्वकर्माले आफना माता ईन्द्र बि क काे स्वर्गाराेण भए पछि आमाकाे नाममा ईन्द्रज्याेति बिश्ववकर्मा कल्याण समाज स्थापना गरि बिभिन्न समाजिक कार्य गर्दै आई रहेकाे बताए ।संस्थाले बिगतमा विद्यार्थीहरूलाई छात्रबृद्वि काेराेना कहरमा बिभिन्न सहयाेग तथा बिभिन्न समाजिक कार्य गरदै आईरहेकाे संस्थाका काेषाध्यक्ष प्रदिप बि कले जानकारी गराउदै आगामी दिनमा पनि समाजिक कार्यलाई निरन्तरता दिने बताए ।


संस्थाका संस्थापक ज्योतिलाल विकले स्याङ्जा कालिगण्डकी गाउपालिका जन्मथलो भई बुटवल कर्मथलो बनाएर सामाजिक कार्यमा आफुहरु अग्रसर रहेको धारणा राखेका थिए ।

साथै उनले  जीवनकाल पश्चात पनि आफूहरुको सम्झनामा आफूहरुको नामबाट निरन्तर समाजसेवा भइरहोस् भन्ने चाहना अनुरुप श्रीमती इन्द्रमतिको स्वर्गबासपश्चात सम्झनामा सामाजिक काम गर्ने उद्देश्यले यस संस्थाको स्थापना गरेको बताए ।

समाजले स्याङ्जा कालिगण्डकि गाउपालिकाको वडा नं ६ मा रहेको ध्रुवज्योति माबिलाई वार्षिक रुपमा १ लाख रुपैया सहयोग प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बुटवल सुनचादी ब्यवसायी संघका अध्यक्ष गोकुल बिश्वकर्मा, बुटवल उपमहानगरपालिकाकि कार्यपालिका सदस्य हेमा थामी, कार्यपालिका सदस्य कृष्ण सुनार, नेपाल दलित संघका लुम्बिनी प्रदेश संयोजक रवि बिक, नेकपा माओबादीका शरद ओली, नयागाउ माबिका शिक्षक रामप्रसाद बन्जाडे लगायतले बोल्दै समाजमा भएका छुवाछुत र कुरितिहरु हटाउन शिक्षामा जोड दिनु पर्ने बताएका थिए

प्रकाशित मिति : सोमबार, मंसिर १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij