बुटवल -बुटवल ४ मा अवस्थित विश्वज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेम बहादुर बिश्वकर्माको अध्यक्षता तथा नेकपा एमालेका सचिव एवं सांसद छबिलाल विश्वकर्मा को प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा को उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री समेत रहनुभएका सांसद छबिलाल विश्वकर्मा सहकारीको बिकासबाट मुलुकको आर्थिक बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभएको छ । समाज रुपान्तरणको अभियानमा सहकारीको महत्वपुर्ण भुमिका रहेको उहाँले बताउनुभयो। सहकारीहरुले विगतका समयमा समुदायको विभिन्न वर्गको उत्थान गरेको र अबको दायित्व विपन्न वर्गलाई माथि उठाउन लगाउनुपर्ने बताउनुभयो । सहकारीमा आबद्ध सम्पूर्णलाई बधाई तथा शुभकामना दिँदै उनले समृद्धिको पथमा बिचलित नभई लाग्न आग्रह गर्नुभयो ।
नेपालमा सहकारीको बिकासबाट निम्न र निम्नमध्यम बर्गिय समुदायका जनताको आर्थिक र सामाजिक बिकासमा टेवा पुराएको भन्दै पूर्वमन्त्रि विश्वकर्मा ले अव सहकारीहरुको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्ने कुरामा जोड दिनु भएको छ । उहाँले भन्नुभयो—सहकारी आर्थिक बिकासको मेरुदण्ड हो ।
सहकारीको सिद्धान्त नै तल्लो वर्गको सानो पुँजीलाई एकिकृत गरि उत्पादनमा लगाउने भएकाले सहकारीको उदेश्य राम्रो भएको र पछिल्लो समयमा केहि सहकारीमा विकृति देखिएको बताउँदै सहकारीको मुल्य मान्यता र मर्मलाई बुझेर मात्रै सहकारीमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश कृषि तथा सहकारी वरिष्ठ अधिकृत भिमराज पोखरेलले सहकारी संस्था सञ्चालन र विकासका लागि सहकारीका सञ्चालक समिति पारदर्शी र सदस्यहरु इमान्दार र लेखा सुपरीवेक्षण समिति निष्पक्ष हुनुपर्ने बताउनुभयो । उहाले सहकारीहरुले पछिल्लो समय निती र कानुन भन्दा बाहिर गएर कारोबार गरेको भन्दै सहकारी ऐन र नियम अनुसार चल्दै सदस्यहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
साधारणसभा सस्थापक अध्यक्ष सिताराम रसाइली ले संस्था स्थापना देखि हाल सम्म ले व्यावसायिक रूपमा विभिन्न काम गरेकोले आफैमा महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा पृथ्बी बहुउदेश्य सहकारीका दुर्गा कुमारी बिक, अन्टारटिकामा पुग्ने पहिलो नेपाली भुवन सिंह बिश्वकर्मा ,संस्थाका उपाध्यक्ष डम्बर बहादुर बिक,चोम बहादुर बिक लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष हेम बहादुर बिस्वकर्माले आ।व। २०८०÷८१को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।
एकका लागि सबै र सबैका लागी एक भन्ने मुल नाराका साथ २०५९ साल मा स्थापना भएको सहकारीमा शेयर पूजी १ करोड ३१लाख ८१ हजार, ६ सय लगानीमा रहेको मा शेयर सदस्यमा ऋण लगानी रु १० करोड १ लाख १८ हजार ६ सय १४ र निछेप बचत ९ करोड ८७ लाख ९२ हजार, ८ सय ७८ रहेको छ भने सहकारीमा हालसम्म ८ सय २८ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् ।त्यस्तै बाल बचतकर्ता ५७ जना आबद्ध रहेका छन् ।
बुटवललाई कार्यक्षेत्र बनाएको सहकारीले पछाडि पारिएको बर्ग समुदायकाको नेतृत्व व्यवस्थापन का क्षेत्रमा काम गरेको छ । सस्थाले विभिन्न बिधामा सम्मान पनि गरेको छ । नियमित बचत गर्ने सदस्य , असल ऋणदाता शेयर सदस्य वृद्धि गर्न सहयोग र १२ कक्षा उत्तीर्ण गर्ने सेयर सदस्यको छोराछोरीलाई सम्मान गरिएको छ ।
यसैबिच विश्वज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ४३ युनिट रगत संकलन भएको संयोजक सुनिता खडलुक ले जानकारी दिनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष हेम बहादुर विश्वकर्माको अध्यक्षता ,उपाध्यक्ष डम्बर बहादुर सुनारको स्वागत एवम सचिव ओम प्रकास सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यावसायी महासंघ उपाध्यक्ष एवम सल्लाहकार जोगलाल विश्वकर्मा ,नेपाल सुनचाँदी व्यावसायी महासंघ सुनचाँदी बिज्ञ समिति संयोजक प्रेम कुमार सेन्चुरी , सस्थापक अध्यक्ष सिताराम रसाइली , सुनचाँदी व्यावसायि महासंघ केन्द्रिय सदस्य एवम सल्लाहकार एम बि बिश्वकर्मा , सल्लाहकार प्रेम सेन्चुरी ,सस्थापक कोषअध्यक्ष रेवन्त बिक, जनउथान लघु बित्त बित्तीय सस्थाका अध्यक्ष बाबुराम बिस्वकर्मा,बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का पूर्व सदस्य कमला बिस्वकर्मा ,समाजसेवी रबि बिक लगायतको सहभागिता रहेको थियो।
प्रकाशित मिति : शनिबार, पुष ७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्