बुटवल
,बुटवलमा पुस १४ गतेबाट पाँचौ सडक खाना महोत्सव सुरु हुँदै छ ।
अंग्रेजी नयाँ वर्ष सन २०२४ को अवसरमा १४ गतेदेखी १६ गतेसम्म बुटवल कालिकापथको तिनकुनेदेखि बसपार्कसम्मको क्षेत्रमा खाना महोत्सव हुन लागेको हो ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी सडक खाना महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
महोत्सवमा विभिन्न प्रकृतिका सय वटा स्टल रहने संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए। ‘चार चार वटाका दरले थारु, थकाली र मगर परिकारहरु हुने छ । ‘७ वटा नेवारी र २ वटा गुरुङ परिकारका स्टलहरु राखिएको छ’ उनले भने ‘विभिन्न रेष्टुरेष्ट, पार्टी प्यालेश, मिष्ठान्न भण्डार र होटलहरुका गरि सय वटा स्टल रहने छ।’ महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक र सांगितिक प्रस्तुती रहने अध्यक्ष भण्डारीले जानकारी दिए ।
महोत्सवले पर्यटन प्रवद्र्धन, बजार चलायमान र बुटवलको कालिकापथलाई उज्यालो शहरको रुपमा विकास गर्दै रात्रीकालिन बजार सञ्चालन गर्न टेवा पुग्ने संघले जनाएको छ । महोत्सव सञ्चालन गर्न २० लाख बढि खर्च लाग्ने अनुमान गरिएको छ।महोत्सवमा सरसफाइ, सुरक्षा र खाद्य स्वच्छतालाई विशेष ध्यान दिएको अध्यक्ष भण्डारीले बताए । ३ दिनसम्म साँझ ६ बजेबाट राती १२ बजेसम्म महोत्सव सञ्चालन हुने छ ।
खाना महोत्सवको डेढ लाख बढि दर्शकले अवलोकन गर्ने र २ करोड बढिको कारोबार हुने आयोजक होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अपेक्षा छ । महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा रुपन्देही ५ का सांसद बासुदेव घिमिरेले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन अघि दिउसो साँस्कृतीक पहिचान झल्किने झाँकी सहितको र्याली निकालिने पत्रकार सम्मेलनमा बताइएको थियो ।
नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्घन, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारालाई यो वर्ष आत्मसात गरिएको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए। महोत्सवको लागि मुल समिति सहित विभिन्न २९ वटा उपसमिति बनाइएको महासचिव अर्जुन थापाले बताए ।
प्रकाशित मिति : शुक्रबार, पुष १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्