ऋण भुक्तान हुदासाथ टेक्टर नामसरी गर्न पाउनुपर्ने ब्यवसायीको माग

ऋण भुक्तान हुदासाथ टेक्टर नामसरी गर्न पाउनुपर्ने ब्यवसायीको माग

तिलोत्तमा – यस क्षेत्रका टेक्टर ब्यवसायीहरुले टेक्टर नामसारी गर्न ६ बर्षको समय तोकिएकोमा असहमति जनाउदै ऋण भुक्तान हुदासाथ नामसरी गर्न पाउनुपर्ने माग गरेका छन ।
ब्यवसायीहरुले टेक्टरले कृषि र गैर कृषि दुबैमा निर्वाधरुपमा काम गर्न पाउनुपर्ने, भारबाहन क्षमताको आधारमा ढुवानी गर्न पाउनु पर्ने र ट्रलिलाइ टेक्टरको अङ्गको रुपमा मान्यता दिनुपर्ने माग गरे ।
लुम्बिनी टेक्टर समिति तिलोत्तमा ९ शकरपुर रुपन्देहिको शनिवार सम्पन्न २१ औं बार्षिक साधारणसभा तथा ८ औं अधिबेशनमा बोल्ने टेक्टर ब्यवसायीहरुले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा टेक्टरको बार्षिक कर बढी भएकाले पुनरावलोकन गरि घटाउन माग गरे । उनिहरुले नदिको समरचना नबिगरिने गरि टेक्टरले नदिजन्य पदार्थ निकासी गर्ने ब्यवस्था मिलाउन जिल्ला समन्वय समिति स्थानिय पालिकासङ्ग आग्रह गरेका छन ।
साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले टेक्टर ब्यवसायीका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाले टेक्टर ब्यवसायीका समस्या रुपन्देहीका १६ वटा पालिका र जिल्ला समन्वय समिति सङ्ग सम्बन्धित भएकाले समन्वय समिति र पालिकाहरुसङ्ग समन्वय गरेर समाधानका लागि पहल गर्ने बिस्वास दिलाउनु भयो ।
उपप्रमुख जागेश्वरी देबी चौधरीले ब्यवसायीका समस्या प्रति नगरपालिका समबेदनशिल रहेको र समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनु भयो ।
साधारणसभामा टेक्टर समितिका अध्यक्ष स्वयमबन्धु कार्कीले कुनै ब्यवसायीले टेक्टर खरिद गर्न चाहेमा भन्सार तिरेर ल्याउन पाउनुपर्ने माग गर्दै नदिजन्य पदार्थको ढुवानी खुल्ला नहुनु र टेक्टरको बिमा गर्दा हलो, ट्रली र रोटाभेटरको पनि बिमा गरिनु पर्ने माग गर्नु भयो ।
कार्यक्रममा नेपाल टेक्टर महासघका अध्यक्ष खेम गौतम, पुर्व अध्यक्ष प्रदिप प्रसाद उदय, समितिका सल्लाहकार उदय गुरुङ्ग, समितिका सस्थापक सदस्य ज्योती अर्याल, नेपाल किसान टेकटर समिति कपिलवस्तुका अध्यक्ष शंकर पौडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बिस्णु भन्डारी, तिलोत्तमा च्याम्बर अफ कमरसका वरिष्ठ उपाध्यक्ष बिष्नु बराल लागायतले आआफ्ना भनाइ राख्नु भएको थियो । समितिका उपाध्यक्ष टिकाराम गौतम र महासचिव सुरेश कुमार पौडेलले पनि ब्यवसायीका समस्याका बारेमा बोल्नुभएको थियो ।
यसैबिच टेक्टर समितिको १७ूसदस्यिय नया नेतृत्वका लागि पुस २८ गते निर्वाचन हुदैछ । १९ गते भएको मनोनयन दर्ताका क्रममा १७ पदका लागि ३५ जनाको मनोनयन दर्ता भएको निर्वाचन सयोजक उदय बहादुर गुरुङ्ले जानाकारी दिनुभयो ।

प्रकाशित मिति : शनिबार, पुष २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij