लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा सातजनाको उम्मेदवारी

लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा सातजनाको उम्मेदवारी

दाङ : लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको २ पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन कार्यालय घोराही दाङका अनुसार  ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी  परेको हो।

 

 

नेपाली कांग्रेसकी  विष्णुकुमारी सापकोटा,   एमालेकी तुलसा कुमारी,  र  राप्रपाकी  विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै  गठबन्धनबाट      माओवादीका झक्कुप्रसाद सुवेदी, नेकपा एमालेका झपेन्द्रबहादुर जिसी, राप्रपाका निरन्जन थापा र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवारी दर्ता गराएका हुन्।

प्रदेशमा सत्ता गठबन्धनबाट  झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्।

गुल्मी निवासी सापकोटाले महिला कोटा र रोल्पा  निवासी सुवेदीले अन्यबाट उम्मेदवारी दर्ता गराएका हुन्। सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दंगीशरण गाउँपालिका शम्भु गिरी रहेका थिए।

सुवेदीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर रहेका थिए। राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन थालेको छ।

यस्तै, प्रदेशमा नेकपा एमालेबाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छ्न्। दाङ निवासी केसीले महिला सिट र पाल्पा निवासी क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराएको  निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए।  केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य सीता शर्मा चौधरी रहेका थिए,  भने घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी रहेका थिए।

यस्तै, प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जनमत पार्टीका बालगोबिन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छ्न। उनले लुम्बिनी प्रदेशबाट पहिलो उम्मेदवारी दर्ता गराएका थिए। उनको  प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङ रहेकी छ्न।

प्रकाशित मिति : सोमबार, पुष २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij