तिलाेत्तमा-रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा जारी दाेस्राे सेभेन ए साइड नकअाउट फुटबल प्रतियोगिताअन्तर्गत साेमबार सेमि फाइनलका दुई खेल सम्पन्न भएका छन् । साेमबार अाज सेमिफाइनलको पहिलो खेल पिपिसी भलवारी र अमवा एफ.सी अमवाबिच भएकाे छ । साे खेलमा अमुवा एफसी अमुवाले पिसिसि भलबारीलाई १ का विरूद्ध ३ गाेल गरि विजयी भएकाे हाे । खेलमा अमुवा एफसीका जर्सी नम्बर १२ का खेलाडी अनुप थापा म्यान अफ द म्याच भएका छन् । साेमबारकै दाेस्राे खेल न्यु राइज एफ सी बभनी र न्यु सृजना एफसी कराैजियाबिच भएकाे छ । साे खेलमा न्यू सृजना एफसी कराैजियाले न्यू राइज एफसी बभनीलाई ० का विरूद्ध २ गाेल गरि फाइनलमा प्रवेश गरेकाे छ । खेलमा न्यु सृजना एफसीका जर्सी नम्बर ११ का खेलाडी प्रवेश क्षेत्री म्यान अफ द म्याच भएका छन् । मंगलबार मैत्रीपूर्ण भेट्रान्स खेल हुने खेल संयाेजक विनाेद गुरूङले बताए । प्रतियोगिताकाे फाइनल खेल यही पाैष २५ गते हुनेछ । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा यही पाैष १२ गतेबाट सुरू भएकाे प्रतियोगिता नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा भएकाे हाे । प्रतियोगितामा प्रथम हुने समूहले रू ४४ हजार ४ सय ४४ ट्रफी र मेडल प्राप्त गर्ने छ भने दाेस्राे हुने समूहले रू २२ हजार २ सय २२ प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , विधागत उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई जनही रू २५०० प्रदान गरिने छ । २६ समूहले प्रतिष्पर्धा गर्ने प्रतियोगिता यही पाैष २५ गतेसम्म सञ्चालन हुने क्लवका सदस्य दिपक श्रीसले बताए । साथै क्लवले टिकुलीगढ माविका जेहन्दार तथा अति विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ । तिलाेत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गंगाराम अाचार्यकाे प्रमुख अातिथ्यतामा साे विद्यालयका ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।

प्रकाशित मिति : सोमबार, पुष २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्