काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरि नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । काठमाण्डौबाट चित्लाङतर्फ गइरहेको प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट खस्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले उज्यालोलाई जानकारी दिनुभयो ।
दुर्घटनामा काठमाण्डौको मैतिदेवी बस्ने वर्ष ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाट बस्ने डाक्टर महेशकुमार गौतम, ६ वर्षीया स्मारिका गौतम र ४ वर्षका प्रियान्स गौतमको ज्यान गएको हो ।
दुुर्घटनामा ज्यान गुमाएकी ६ वर्षीया स्मारिका गौतमकी आमा डा सृष्टि तिवारी सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, पुष २८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्