वैदेशिक राेजगारबाट फर्केका व्यक्तिकाे लागि पुन: एकीकरण कार्यक्रम अन्तर्गत बेसिक सिकेकाहरूका लागि एडभान्स तालिम (बारिस्ता र बेकरी ) काे समापन भएकाे छ । तिलाेत्तमा नगरपालिकाकाे अायाेजनामा मणिग्रममा पाैष २० गतेबाट सञ्चालन भएकाे तालिमकाे अाइतबार समापन भएकाे हाे । तालिमकाे समापन गर्दै नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चाैधरीले बेसिक लिएकाहरूकाे अाग्रहअनुसार एडभान्स काेर्षकाे जरुरी ठानेर तालिम दिइएको बताइन् । उनले विदेश जाँदा ठूलाे भइन्छ भन्ने भ्रमले पछिल्लो समय धेरै नेपाली विदेश गएकाे बताउँदै स्वदेशमा नै बिस्तारै केही गर्नुपर्ने बताइन् । उनले जीवन संघर्ष भएकाले त्यसलाई सामना गरेर अगाडि बढ्नु पर्ने संघर्षले नै धेरै अनुभव प्राप्त हुने बताउँदै संघर्ष गर्नबाट पछि हट्न नहुने बताइन् । उपप्रमुख चाैधरीले थाेरैबाट सुरू गर्दै कामलाई अघि बढाएमा तालिमकाे अाैचित्य रहने बताइन् । दैनिक जीवनकाे विभिन्न शुभकार्यमा अावश्यक पर्ने बारिस्ता र बेकरीकाे माग बढ्दै गएकाले अब तालिमकाे सदुपयोग गरी स्वराेजगार बन्न जाेड दिइन् । कार्यक्रममा वाड नम्बर ५ का वडा अध्यक्ष रमेश डुम्रेले वैदेशिक राेजगारबाट फर्किएका हरूकाे लागि राेजगारी प्रदान गर्ने उदेश्यले नगरका विदेशबाट फर्किएका युवाहरूका लागि तालिम प्रदान गरिएकाे बताउँदै सिकेकाे सीपलाई व्यवहारमा उतार्न अाग्रह गरे । कार्यक्रममा वाड नम्बर १ का अध्यक्ष फर्सुराम गिरी , भैरव ग्रुपका सञ्चालक तारा रायमाझी , प्रशिक्षक ईश्वर चाैधरी , निकिता गिरी , वि क्युव इन्सटिट्युट अफ हस्पिटलिटीका सञ्चालक अाशिष गाैतम प्रशिक्षार्थी चन्द्रबहादुर गुरूङ , कल्पना पाइजालगायतले बाेलेका थिए । वि क्युव इन्सटिट्युट अफ हस्पिटालिटी र भैरव बेकरीकाे सहयाेगमा भएकाे तालिममा तिलाेत्तमा नगरपालिकाका वैदेशिक राेजगारबाट फर्केका २० जना प्रशिक्षार्थीकाे सहभागिता रहेकाे थियाे ।
प्रकाशित मिति : आइतबार, पुष २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्