इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन तथा पुरस्कार वितरण समारोह

इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन तथा पुरस्कार वितरण समारोह

 

 

 

बुटवल-बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा आइतबार खेलकुद सप्ताह समापन गरीएको छ खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियोे । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल,खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईएको थियो ।खेल सप्ताहको अबसरमा मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरेर पुरस्कृत गरिएको थियो । पुरस्कार प्रदान गर्दै स्कूल सञ्चालकका अध्यक्ष गोबिन्द प्रसाद मरासिनी ले खेलकुदले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताउनुभयो। अतिरिक्त क्रियाकलाप संयोजक सुरज बिकको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन कोर्डिनेटर मित्रजन भन्डारीले गर्नुभएको थियो । खेलासप्ताह गत बुधबारदेखि शुरु गरिएको थियो ।सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्बाचित हुनुभएकोमा सम्मान गरिएको थियो ।सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल , संचालक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेल लागाएतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, पुष २९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij