बुटवलमा प्राङ्गारिक कृषि मेलाको तयारी

बुटवलमा प्राङ्गारिक कृषि मेलाको तयारी

बुटवल,३ माघ ।

बुटवल उद्योग वाणिज्य संघले आगामी फागुनमा बुटवलमा प्राङ्गारिक कृषि मेला सञ्चालनकाे तयारी गरेको छ ।

 

मेलाको तयारीका सन्दर्भमा संघले बुधबार परामर्श बैठक सम्पन्न गरेको छ ।

 

बुधबार संघको सचिवालयमा आयोजना गरिएको बैठकमा कृषिसंग सम्बन्धित सरकारी संस्थाका प्रमुख तथा प्रतिनीधि, संघका परामर्शदाता लगायतको सहभागिता रहेको थियो ।

 

बैठकमा संघका अध्यक्ष हरीप्रसाद अर्यालले कृषिमा यान्त्रिकीकरण तथा बैज्ञानिक कृषि प्रणालीको प्रवर्द्वन गरी व्यवसायिक कृषिको विकासका लागि कृषि मेला आयोजना गरिएकोले यसलाई नाफाघाटा भन्दा पनि सफल बनाउन सबैको उत्तिकै भूमिका रहने बताए ।

 

कृषिमा व्यवसायिक विकासका माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान हुन सक्ने बताउँदै अध्यक्ष अर्यालले कृषिमा आधारिक औद्योगिक विकासलाई पनि संगसंगै अगाडि बढाउन सकिने धारणा राखे । उनलेे मेला सफल बनाउन आ आफ्नो ठाउँबाट सहयोग गर्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरुलाई आग्रह समेत गरे ।

 

त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले नेपालमा बहुसंख्यक जनता कृषि कर्ममा रहेपनि मुलुकको अर्थतन्त्रमा कृषिको योगदान न्यून हुनु राम्रो नभएको बताउँदै कृषि व्यवसायलाई प्रवर्द्वन र विकास गर्न संघले विगतदेखि नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको बताए ।

 

त्यस्तै संघका पूर्वअध्यक्ष खिमबहादुर हमालले व्यवसायिक कृषिको विकासको लागि संघले २०६२ सालदेखि विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको भन्दै छैठौं र एघारौं राष्ट्रिय प्राङगारिक कृषि मेला पनि सफलतापूर्वक सम्पन्न गरेकाे जानकारी गराए ।

 

कृषिको विकासको लागि सरकारबाट जति हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँदै उनलेे निजी क्षेत्रको एकल प्रयासले मात्रै ठूलो उपलब्धि हासिल गर्न कठिनाई हुने बताए

बैठकमा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय निर्देशक रामप्रसाद पाण्डे, पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु अधिकृत लेखनाथ भुसाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाई भैरहवाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्ले, नेपाल लाईभस्टक सेक्टर इन्नोभेसन परियोजना, कार्यान्वयन इकाई बुटवलका डा. अरुण खनाल लगायतले कृषिको व्यवसायिक विकासलाई जोड दिएर बुटवल उद्योग वाणिज्य संघले निरन्तर कृषि मेला गर्दै आएको स्मरण गरे । उनिहरुले पछिल्लो पटक आयोजना गरिएको कृषि मेलालाई सफल बनाउनको लागि आफ्नो कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरे ।

 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसी, सैनामैना नगरपालिका कृषि शाखाका रविन्द्र ज्ञवाली, देवदह नगरपालिकाका कृषि प्राविधिक पविन्द्रकुमार मल्लले पनि सम्बन्धित नगरपालिकाबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, कृषि परामर्शदाता डा. प्रदिपकुमार शर्मा पौडेल लगायतले भनाई राखेका थिए ।

 

संघको आयोजनामा फागुन १० देखि १४ गतेसम्म बुटवलमा प्राङ्गारिक कृषि मेला हुँदैछ ।

प्रकाशित मिति : बुधबार, माघ ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij