नवलपरासी
पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका -३ बेलासपुर बस्ने ३० वर्षीय जमालुद्दीन नाउ, २४ वर्षीय विक्रम सहनी, २२ वर्षीय सन्तोष गोसाई र पाल्हिनन्दन-४ लोहरौलीका २५ वर्षीय सोनु पटेल रहेका छन् । उनीहरूको साथबाट विभिन्न तीन प्रकारका १५० एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
पाल्हिनन्दन गाउँपालिका-४ लोहरौलीमा रहेको एक गेस्ट हाउसको कोठामा कारोबार हुँदै गरेकाे अवस्थामा प्रहरीले छापा मारेको हो ।
लागूऔषध खरिद बिक्री तथा ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरू बसेको ठाउँमा छापा मारेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।
पक्राउ परेका चारै जनालाई लागूऔषध ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
प्रकाशित मिति : बिहिबार, माघ ४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्