बुटवल-विगत आठ वर्ष देखि अनेरास्ववियू (क्रान्तिकारी) पक्लिहवा कृषि क्याम्पसले आयोजना गर्दै आएको “पक्लिहवा कप” यस वर्ष पनि सुरु हुदै छ ।
अखिल(क्रान्तिकारी) पक्लिहवा क्याम्पसको आयोजनामा राष्ट्र स्तरिय अन्तर प्राविधिक कलेज र जिल्ला स्तरिय अन्तर कलेज सुपर सिक्स क्रिकेट र भलिवल प्रतियोगिता हुने भएको हो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले कृषि क्याम्पस र कृषि क्षेत्रमा रुपन्देही जिल्ला भित्र मात्र नभई देश भरी प्रवर्धन गर्न साथै खेलाडीहरुमा रहेको खेल प्रतिभा उजागर गर्दै नयाँ खेलाडीहरु उत्पादन हुने उदेश्यका साथ प्रतियोगिता माघको अन्तिम साता आयोजना गर्न लागिएको आयोजकले जानकारी गराइएको छ।
अखिल (क्रान्तिकारी) पक्लिहवा क्याम्पसका पूर्व सह-सचिव स्व. क. वामदेव घिमिरेको सम्झनामा स्थापित स्व. वामदेव घिमिरे अक्षयकोषले कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पसमा विगतका वर्षहरुमा जस्तै रचनात्मक र अतिरिक्त क्रियाकलाप यस वर्ष पनि (पक्लिहवा कप २०८०)अन्तर्गत जिल्ला स्तरिय अन्तर कलेज र राष्ट्र स्तरिय अन्तर प्राविधिक कलेज सुपर सिक्स क्रिकेट र भलिवल प्रतियोगिता माघ २४ गतेदेखि आयोजना हुँदै छ । सुपरसिक्स क्रिकेट तर्फ विजेतालाई रु ५० हजार मेडल र प्रमाणपत्र साथै उपविजेतालाई रु ३० हजार मेडल र प्रमाणपत्र पूरस्कार रहेको छ। त्यसैगरी भलिवल तर्फ विजेतालाई रु ३० हजार सहित मेडल र प्रमाणपत्र साथै उपविजेतालाई रु २० हजार मेडल र परमाणपत्र पूरस्कार प्रदान गरिने छ ।
प्रतियोगितातामा सहभागि हुन इन्ट्री फी सुपर सिक्स तर्फ ५ हजार र भलिबल तर्फ रु ३ हजार लाग्ने छ ।उक्त खेलकुद कार्यक्रममा सहभागीका लागि समयमै आफ्नो टिम दर्ता गराउन खेल संयोजक अभिषेक गिरीलाई ९८६०८०२२७६ मा सम्पर्क गर्न आह्वान समेत गरिइको छ।
साथै उपस्थित भई मैत्रिपूर्ण वातावरणमा प्रतियोगितालाई भव्यताका साथ सफल पारिदिनुहुन सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, एवं समस्त खेलप्रेमी महानुभावहरुमा आयोजकले अनुरोध गरिएको छ।
प्रकाशित मिति : मंगलबार, माघ ९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्