सुन तस्करी प्रकरणमा थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतको अस्वीकार

सुन तस्करी प्रकरणमा थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतको अस्वीकार

काठमाण्डाै  – ६० किलो सुन तस्करी प्रकरणमा थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ । उच्च अदालतले पाटनले हिजो बेल्जियमका  नागरिक दावा छिरिङसहित १२ जनाले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको हो ।

दावासहित टासी भन्ने थुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई काठमाण्डौ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश भएको छ ।

थुनामुक्त हुन पाउँ भन्दै निवेदन दिएका ६ जनासँग भने अदालतले धरौटी माग गरेको छ । कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टबाट अदालतले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको छ ।

यस्तै, गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपालीसँग जनही ५ लाख रुपैयाँ तथा सुदर्शन गौतम र यादव पराजुलीसँग जनही २ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij