उपाध्यक्ष डा. लामाको पहलमा लुम्बिनीमा स्थापना भयो दियो सेड,पहिलो दिनमै ३ लाख १३ हजार आम्दानी

उपाध्यक्ष डा. लामाको पहलमा लुम्बिनीमा स्थापना भयो दियो सेड,पहिलो दिनमै ३ लाख १३ हजार आम्दानी

लुम्बिनी-लुम्बिनी विकास कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्धारको पश्चिमपट्टी एकैपटकमा ८ हजार दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको विहिबार उद्घाटन गरिएको हो ।
उपाध्यक्ष डा. लामा सहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे  र खान्डो छिरिङमा रिपोन्छेले दियो सेडको उद्घाटन गरेका हुन । उद्घाटनपछि उपाध्यक्ष डा. लामाले संसारभरका बौद्धमार्गीहरुले लुम्बिनी आएर बत्ती बाल्न इच्छुक हुने भएकाले दियो बाल्ने सेडले सुविधा थप्ने बताए । ‘दियो बाल्ने अठोट सहित दियो बाल्ने सेड बनाइएको हो, अझै चार वटा यस्तै सेड बनाउने योजना छ’ उनले भने –‘व्यवस्थित रुपमा दियो सेडक स्थापना गरिएकाले शुल्क तिरेर सेवा लिन आग्रह छ ।’ उपाध्यक्ष डा. लामाले मायादेवी मन्दिरको अशोक स्तम्भ नजिकै दियो बाल्दा त्यसले असर पारेको गुनासो समेत आएकाले मन्दिर परिसर वाहिर दियो सेड निर्माण गरिएको बताए ।
बौद्धमार्गीहरुले मायादेवी मन्दिरमा आएर बत्ति बाल्न इच्छुक भएपनि त्यसको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा आफूले अठोट गरे अनुसार काम गरेको उपाध्यक्ष डा. लामाको भनाई छ । डा. लामाका अनुसार अन्यत्र लाखौं दियो बाल्नु र लुम्बिनीमा थोरै दियो बाल्नु बराबर हुने बौद्धिष्टहरुमा मान्यता छ ।
महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतीमा प्राय दियो बाल्ने प्रचलन रहन्छ । बौद्धमार्गीहरुको आस्था र विश्वासलाई मध्यनजर गरी दियो सेडक स्थापना गरिएको हो । दियो सेडले धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै कोषको आन्तरीक आम्दानी समेत बृद्धि गर्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।
उद्घाटन लगतै उपाध्यक्ष डा. लामा सहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे  र खान्डो छिरिङमा रिपोन्छेले दियो बालेर शुरुवात गरेका छन् । पहिलो ८ हजार सेडको १ लाख ३४ हजार रुपैयाँ रिपोन्छेहरुबाट प्राप्त भएको थियो । शुभारम्भकै दिन दियोबाट ३ लाख १३ हजार २ सय रुपैयाँ आम्दानी भएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, माघ ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij